Saturday, May 7, 2011

चीनमा स्वयम्भूको प्रतीक निर्माण हुने

विश्वसम्पदामा सूचीकृत काठमाण्डौस्थित स्वयम्भूको प्रतीक अब चीनमा पनि निर्माण हुने  भएको छ । नेपाल चीन बीचको प्राचीनतम ऐतिहासिक सम्बन्ध स्मरण गराउने  प्रतिकका रुपमा हेबइ प्रान्तस्थित नानकिङगमा स्वयम्भू स्तुपा निर्माण हुने भएको हो । सन् २०१२ सम्म तयार गर्ने लक्ष्य रहेको स्तुपाको शिलान्यास आगामी वर्ष बैशाख १० गते हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । सोसम्बन्धी सम्झौतापत्रमा सोमबार  चीनका लागि नेपाली राजदूत टंक कार्की र युन्ताइ मन्दिर व्यवस्थापन बीच हस्ताक्षर भएको हो । नेपाली प्राचीन वास्तुकला र संस्कृतिको सम्मिश्रणसहित दुरुस्तै बनाइन लागिएको उक्त प्रतिकको नाप नक्सा नेपाली...


प्राविधिकहरुद्वारा तयार पािरएको राजदूत कार्कीले कान्तिपुरलाई बताए । स्तुपा  निर्माणमा लाग्ने सम्पूर्ण खर्च चिनियँापक्षले व्यहोर्ने छ । 'दुई देश बीच वर्षौदेखि रहिआएको पुरातात्विक ऐतिहासिक सम्बन्धलाई थप उजागर गर्न यसले ठूलो भुमिका खेल्नेछ,' राजदूत कार्कीले भने, 'अरनिको र मञ्जुश्रीले स्थापित गरेको प्राचीन सम्बन्धलाई स्मरण गराउन समेत चिनियँा पक्षले उस्तै प्रतीक निर्माण गर्न चाहेको हो ।'


नेपाली वास्तुकलाविद् अरनिकोले हुनान् वंशका सम्राट कुब्ला खँाको निर्देशनमा सन् १२७९ मा निर्माण गरेको ५०.९ मिटर अग्लो ऐतिहासिक स्वेत चैत्य बेइजिङको मुख्य आकर्षण मध्येको एक हो । यसलाई नेपाल र चीन बीचको लामो र घनिष्ठ मित्रताको प्रतिकका रुपमा लिइन्छ । चीनको राजधानी बेइजिङमा रहेको यस स्तुपामा बौद्ध धर्मसम्बन्धी प्राचीन सामाग्रीहरु सुरक्षित छन् । सान्सी प्रान्तको उथाइथानमा समेत अरनिकोले निर्माण गरेको यस्तै अर्को स्तुपा छ । 'पञ्चशीर्ष पर्वत' भनिने उक्त ठाउँ बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र स्थल मानिन्छ । चीनका मञ्जुश्री पञ्चशीर्ष पर्वतबाटै नेपाल उपत्यकामा स्वयम्भू ज्योतिको दर्शनार्थ आएका थिए । उनैले  चोभारको गल्छी काटेर पानी बाहिर निकालेको किवदन्तीमा उल्लेख छ । सोहीसमय देखि नेपाल-चीन बीच सांस्कृतिक सम्बन्ध कायम भएको बताइन्छ ।


अरनिकोले बनाएको स्वेत चैत्य जस्ता महान कलाकृतिहरु चिनियँा संास्कृतिक आन्दोलनमा समेत नष्ट नगर्न स्वयं माओले लालसेनालाई आदेश दिएका थिए । स्वेत चैत्य लगायत अरनिकोले बनाएका महाविहार समेतलाई चीनमा महानता, पवित्रता, दिर्घायु र शान्तिको प्रतीक मानिन्छ । अरनिकोलाई चीनमा हान र अल्पसंख्यक जातिका मानिसहरुलाई धार्मिक र सांस्कृतिक एकतामा आबद्ध गर्ने सुत्रका रुपमा समेत लिइन्छ । चिनियँाहरु उनलाई आनिक, पालुप, बहबाहु लगायतका नामबाट समेत सम्बोधन गर्छन् । स्वेत चैत्यकै अनुपम कला र सौन्दर्यको प्रभावमा चीनका विभिन्न ठाउँमा यस्ता दर्जनौ स्तुपा र चैत्यहरु बनेका छन् ।
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute