Tuesday, May 15, 2012

अवैधानिक रूपमा कोरियामा बसेका विदेशी कामदारहरू लाई धरपकड

कोरियन सरकारले अवैधानिक रूपमा कोरियामा बसेका विदेशी कामदारहरूलाई धरपकड सुरु गरेको छ ।सरकारको यो अभियानमा ४० जना महिलासहित करिब तीन सय नेपालीसमेत पक्राउ परेका छन् । विनादर्ता अवैधानिक बाटोमार्फत कोरिया पुगेका अन्य देशका कामदारहरूलाई व्यापक रूपमा खोजी र धरपकड गर्न लागेको हो ।उल्लेखनिय रूपमा विदेशीहरू विनास्वीकृति बसेको भन्दै त्यहाँको अध्यागमन सेवा विभागले कडा नीति अबलम्बन गरेको हो । सन् २०१० मा २१ प्रतिशतको हाराहारीमा रहेका अवैधानिक कामदारको संख्या बढेर अहिले २९ प्रतिशत पुगेपछि यस्तो नीति अपनाइएको हो ।अध्यागमन विभागले नियमित रूपमा...

Monday, April 9, 2012

साउदी अरेबियामा चार महिनादेखि नेपाली कामदारहरु अलपत्रमा

मोरङ खोर्साने- २ का वृद्ध विष्णुप्रसाद ढुंगेल साउदीमा चार महिनादेखि अलपत्र माहिलो छोरा होमनाथको उद्धारका लागि पहल गरिदिन नधाएको कुनै ठाउँ बाँकी छैन । निर्वाचन क्षेत्रका सभासददेखि परराष्ट्र मन्त्रीसम्मको ढोका उनले ढकढकाए । जिल्ला पुग्ने हरेक नेतालाई बिन्ती बिसाए । छोरालाई पठाउने म्यानपावर कम्पनीले कुरासमेत सुन्न मानेन । वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरेको पनि महिनौं बित्यो । तर विष्णुप्रसादको वेदना सुन्नसम्म कोही तयार भएनन् । साउदीमा अलपत्र होमनाथले पनि आफ्नो पीडा यसरी सुनाए-'चिनजानको एजेन्ट जय खपाङ्गीमार्फत काठमाडौंको प्याराडाइज म्यानपावरबाट साउदी आएको...

Friday, March 2, 2012

मकाउ नेपालसँग 'भिसा फ्री' सम्झौता गर्न इच्छुक रहेको

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ नेपालसँग 'भिसा फ्री' सम्झौता गर्न इच्छुक रहेको देखिएको छ । त्यहाँको दैनिक मकाउ टाइम्सले प्रशासन तथा न्याय सचिवालयका निर्देशक लाई इङ किटलाई उद्धृत सम्भवतः तीन महिनाभित्रै यस्तो सम्झौता हुन सक्ने उल्लेख गरेको हो । यस्तो सम्झौता भए दुवै मुलुकका नागरिक एकअर्का देश भ्रमण गर्दा भिसा लिनुपर्दैन ।हाल मकाउका नागरिकलाई नेपालमा शुल्कसहित आगमन (अन अराइभल) भिसा सुविधा छ । नेपाली नागरिकका हकमा रहेको सोही प्रकृतिको सुविधा भने मकाउले करिब डेढ वर्षअघि कटौती गरेको थियो । त्यसपश्चात् काठमाडौंस्थित चिनियाँ दूतावासले नै मकाउको...

Sunday, January 1, 2012

गैरबासीय नेपाली संघ ओमनले दुताबास खोल्न अभियान

झन्डै ४० हजार नेपाली कार्यरत ओमनमा दुताबास खोल्न यहाँस्थित गैरबासीय नेपाली संघ ओमनले अभियान थालेको छ ।दुताबास स्थापनाको लागि सरकारलाई दवाव दिन उसले मस्कटमा सरोकारवालाहरुसँग बृहत छलफल गरेको छ । दुताबास स्थापनाको अभियानमा ऐक्यबद्धता जनाउन आइपुगेका माओवादीका युवा नेता चन्द्रबहादुर थापाले ओमनमा दुताबासको निकै जरुरी रहेको बताए ।उनले त्यसको लागि सम्बन्धीत ठाउँमा आफुले सक्दो पहल गर्ने बताए ।  'हामी कहाँ पनि यहाको सुल्तानजस्तो दुरदर्शी नेता चाहिएको छ,' उनले भने, 'जसरी यहाँ प्राकृतिक श्रोतको सदुपयोग गरेर देशलाई सम्पन्न बनाएको छ । त्यसरी नै हामीसँग... 

Tuesday, December 13, 2011

कुवैतमा नेपाली सांगितिक कार्यक्रम चरिटी शो सम्पन्न

कुवैत, मंसिर २६ - छुट्टीको दिन नेपाली भेला हुने कुवैत सिटीको ‘मालिया पार्क’ नजिक एक होटलको हलमा नेपालीहरुले आफुले भोगेको दुःख, सुख, हाँसो, खुसी, घरको संझना, स्वदेशको माया पोखे  ।यहाँबाट त्रैमासिक रुपमा प्रकाशित ‘मरुभुमीको कोशेली’ पत्रिकाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा ३५ कलाकारले गीत, नृत्य, ठट्यौलीमार्फत त्यसलाई प्रस्तुत गरे । कलाकारहरु कुवैतमै विभिन्न पेशामा कार्यरतहरु हुन्, जसमा घरेलु कामबाट शुक्रवार एकैछिन फुर्सद निकालेर आएका घरेलु महिला कामदार पनि थिए ।पत्रिकाले आफुलाई बचाउन आर्थिक सहयोगको लागि च्यारिटी शोको रुपमा सांगीतिक कार्यक्रम गरेको हो...

Sunday, November 6, 2011

विश्व साइकलयात्री सौरभ दाहाल बेलायतमा भेटघाटमा व्यस्त

लण्डन । शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मिएका, विश्व शान्ति, सबैको लागि समान शिक्षा र वातारण प्रदुषण रोक्नुपर्ने नाराका साथ बिश्व साइकल यात्रामा निस्किएका सौरभ दाहाल हाल बेलायतमा भेटघाटमा व्यस्त छन् ।बेलायत फोक्सटन क्षेत्र र ब्रीटिश क्याम्पमा रहेका नेपालीहरुसंग आफ्नो यात्राको मुख्य उश्देयका वारेमा वताइरहेका दाहालले बेलायतको बि्रटिश बोर्डकाष्ट रेडियोमा तिन घण्टा अन्तरबार्ता दिएर गौतम बुद्ध ,सगरमाथा र विश्व शान्तिबारे आफ्नो धारणा राखेका थिए । यहाँ कार्यरत विभिन्न संघ सस्थाबाट समेत सम्मनित भएका दाहाललाई शनिबार बि्रटिश गोर्खा केम्पका जी एमले भेटघाट गरेका छन् ।ब्रुनाईमा ...

Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute