कुवैत, मंसिर २६ - छुट्टीको दिन नेपाली भेला हुने कुवैत सिटीको ‘मालिया पार्क’ नजिक एक होटलको हलमा नेपालीहरुले आफुले भोगेको दुःख, सुख, हाँसो, खुसी, घरको संझना, स्वदेशको माया पोखे ।यहाँबाट त्रैमासिक रुपमा प्रकाशित ‘मरुभुमीको कोशेली’ पत्रिकाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा ३५ कलाकारले गीत, नृत्य, ठट्यौलीमार्फत त्यसलाई प्रस्तुत गरे । कलाकारहरु कुवैतमै विभिन्न पेशामा कार्यरतहरु हुन्, जसमा घरेलु कामबाट शुक्रवार एकैछिन फुर्सद निकालेर आएका घरेलु महिला कामदार पनि थिए ।पत्रिकाले आफुलाई बचाउन आर्थिक सहयोगको लागि च्यारिटी शोको रुपमा सांगीतिक कार्यक्रम गरेको हो...
सांगितिक कार्यक्रममा कुवैतका नेपाली सांगीतिक समुहहरु नेपाल कुवैत सांस्कृतिक मञ्च र लाली गुराँस सांस्कृतिक परिवारका कलाकारहरु जुटेका थिए ।
सांगितिक कार्यक्रममा कुवैतका नेपाली सांगीतिक समुहहरु नेपाल कुवैत सांस्कृतिक मञ्च र लाली गुराँस सांस्कृतिक परिवारका कलाकारहरु जुटेका थिए ।
नेपाली र कुवैती राष्ट्रिय गीत गायनबाट शुरु सांस्कृतिक कार्यक्रममा कलाकारहरुले म त नेपाली, नजाऊ है सानु पंधेरीमा, तिमी मसंग नेबोल्ने अरे, झिल्केको, हावा सरर, कान्छीलाई छाड्दीन, सालैजो, च्याङ्वा, पुर्वको ठिटो, चिया बारीमा लगायतमा गीत नृत्य प्रस्तुत गरे ।
राजदुत मधुवन पौडेलले कार्यक्रम उद्घाटन गर्दै पत्रिकाले नेपाली समुदायमा सहयोग तथा सांस्कृतिक कार्यक्रमले प्रतिभा प्रस्फुटमा अबसर दिलाएको चर्चा गरे । कार्यक्रममा नेपालीका अलवा कुवैतमा संचालित स्थानीय कंपनीका प्रतिनिधीहरु पनि थिए ।
करीव ५ घण्टा चलेको कार्यक्रममा अपेक्षा गरे अनुरुप दर्शक उपस्थित हुन नसके पनि विभिन्न व्यक्ति तथा संघ संस्थाले नगद १२ सय कुवेती डिनार (करीव ३ लाख ६० हजार रुपैया) नगद सहयोग गरेको आयोजकहरुले बताएका छन् । कार्यक्रम खर्चको लागि लगभग त्यती नै वरावरको रकम विभिन्न कंपनीहरुबाट जुटेको पनि उनीहरुले जनाए ।
पत्रिकामा प्रवन्ध निर्देशक तथा संपादक सुजन केसीले पत्रिकालाई निरन्तरता दिन आर्थिक समस्या भएकोले सहयोगको लागि सांगितिक कार्यक्रम गरेको बताए । पत्रिका कुवैतमै कार्यरत नेपालीहरुले आफ्नो ड्युटीबाट बचेको समयको सदुपयोग गर्दै करीव दुई वर्षदेखि प्रकाशन गर्दै आएका छन् ।















Nepalese Rupee Converter

