Sunday, January 1, 2012

गैरबासीय नेपाली संघ ओमनले दुताबास खोल्न अभियान

झन्डै ४० हजार नेपाली कार्यरत ओमनमा दुताबास खोल्न यहाँस्थित गैरबासीय नेपाली संघ ओमनले अभियान थालेको छ ।दुताबास स्थापनाको लागि सरकारलाई दवाव दिन उसले मस्कटमा सरोकारवालाहरुसँग बृहत छलफल गरेको छ । दुताबास स्थापनाको अभियानमा ऐक्यबद्धता जनाउन आइपुगेका माओवादीका युवा नेता चन्द्रबहादुर थापाले ओमनमा दुताबासको निकै जरुरी रहेको बताए ।उनले त्यसको लागि सम्बन्धीत ठाउँमा आफुले सक्दो पहल गर्ने बताए ।  'हामी कहाँ पनि यहाको सुल्तानजस्तो दुरदर्शी नेता चाहिएको छ,' उनले भने, 'जसरी यहाँ प्राकृतिक श्रोतको सदुपयोग गरेर देशलाई सम्पन्न बनाएको छ । त्यसरी नै हामीसँग... 


भएको अथाहा प्राकृतिक श्रोतलाई उपयोग गर्न ।'कार्यक्रममा गैरबासीय नेपाली संघका सचिव टिबी कार्कीले ओमानमा ४० हजार नेपाली भइसक्दा पनि दुताबास स्थापना नहुनुले निकै दुखद भएको बताए । नेपालको कानुन अनुसार हेर्ने हो भने दुताबास स्थापना हुन चाहिने नेपालीको सख्या नाघिसकेको छ । तर यो नाघिसक्दा पनि राज्यले चासो दिएको छैन । उनले भने ।

साउदीस्थित नेपाली दुतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले ओमानमा दुताबासको आबश्यक रहेको बताए । हाल ओमानलाई साउदीस्थित दुताबासले हेर्दै आएको छ । साउदीबाट यहाको नेपालीलाई कन्सुलर सेवा दिदै आएका छौं । तर साउदी आफै ठुलो भएको र त्यहाको समस्या बिकरल रहेकोले ओमनलाई हेर्न छुट्टै नियोग चाहिएको छ । उनले जरुरी छ ।

एनआरएनका खाडी संयोजक नरेन्द्र भाटले ओमनमा दुताबास स्थापना गर्न एनआरएनले आफ्नो अभियानको रुपमा लिएको बताए । 'दुतावास हुँदा त कामदारका सुरक्षाको बिषयमा अझै प्रभाबकारी हुन सकेको छैन, झन् नहुँदाको समस्या बर्णन गर्न साध्य छैन,' उनले भने ।

'हामीलाई ओमानमा नेपाली झन्डाको उपस्थीति चाहेको छ,' एनआरएन ओमानका अध्यक्ष डिबी क्षेत्रीले भने, 'दुताबास स्थापना गर्न पटक पटक पहल गर्दै आएका छौं । तर सफल हुन सकेको छैन । बर्षमा चार पटक सरकार फेरिरहन्छ । एउटा सरकारलाई यहाको अवस्थाबारे बुझाउन सफल भइन्छ । अब हुन्छ होला जस्तो देखिन्छ । तर सरकार फेरिहाल्छ । क्षेत्रीले अन्तिममा जस्ताको तस्तै ।'

एनआरएनका केन्द्रीय सदस्य टिकाराम ढकालले ओमानमा दुताबास भए ओमन सरकारसँगको सम्बन्ध अझ प्रगाढ हुने र त्यसको फाइदा नेपालीले लिन पाउने बताए ।

कार्यक्रममा सगरमाथा समुहका अध्यक्ष सागर अधिकारीले पाँच बर्षसम्म गरेको मिहेनतको प्रतिफल अझै हात पार्न नसक्नुले चिन्तित बनाएको बताए । 

नेपाली समाजका अध्यक्ष गोेविन्द गुरुड, एकता समाज ओमानका अध्यक्ष शोभकान्ता लामिछाने, कार्यक्रम संयोजक सुरजकुमार मास्के, प्रबक्ता किशोर अर्याल लगायतकाले दुताबास स्थापना गर्न सबैको सहयोग रहनुपर्ने बताए । कार्यक्रममा लोक गायिका कोमल वलीले महोल तताएकी थिइन् भने इराकमा हत्या गरिएका १२ जना नेपालीको बिषयमा बनाएको बृत्रचित्रले मत रुवाएको थियो ।
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute