कोरियन सरकारले अवैधानिक रूपमा कोरियामा बसेका विदेशी कामदारहरूलाई धरपकड सुरु गरेको छ ।सरकारको यो अभियानमा ४० जना महिलासहित करिब तीन सय नेपालीसमेत पक्राउ परेका छन् । विनादर्ता अवैधानिक बाटोमार्फत कोरिया पुगेका अन्य देशका कामदारहरूलाई व्यापक रूपमा खोजी र धरपकड गर्न लागेको हो ।उल्लेखनिय रूपमा विदेशीहरू विनास्वीकृति बसेको भन्दै त्यहाँको अध्यागमन सेवा विभागले कडा नीति अबलम्बन गरेको हो । सन् २०१० मा २१ प्रतिशतको हाराहारीमा रहेका अवैधानिक कामदारको संख्या बढेर अहिले २९ प्रतिशत पुगेपछि यस्तो नीति अपनाइएको हो ।अध्यागमन विभागले नियमित रूपमा...
मोडेलका तस्बिरहरु
फेसबूकका मित्रहरु
लाईभ ट्राफिक फीड
Showing posts with label प्रवासबाट. Show all posts
Showing posts with label प्रवासबाट. Show all posts
Tuesday, May 15, 2012
Monday, April 9, 2012
साउदी अरेबियामा चार महिनादेखि नेपाली कामदारहरु अलपत्रमा
मोरङ खोर्साने- २ का वृद्ध विष्णुप्रसाद ढुंगेल साउदीमा चार महिनादेखि अलपत्र माहिलो छोरा होमनाथको उद्धारका लागि पहल गरिदिन नधाएको कुनै ठाउँ बाँकी छैन । निर्वाचन क्षेत्रका सभासददेखि परराष्ट्र मन्त्रीसम्मको ढोका उनले ढकढकाए । जिल्ला पुग्ने हरेक नेतालाई बिन्ती बिसाए । छोरालाई पठाउने म्यानपावर कम्पनीले कुरासमेत सुन्न मानेन । वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरेको पनि महिनौं बित्यो । तर विष्णुप्रसादको वेदना सुन्नसम्म कोही तयार भएनन् । साउदीमा अलपत्र होमनाथले पनि आफ्नो पीडा यसरी सुनाए-'चिनजानको एजेन्ट जय खपाङ्गीमार्फत काठमाडौंको प्याराडाइज म्यानपावरबाट साउदी आएको...
Friday, March 2, 2012
मकाउ नेपालसँग 'भिसा फ्री' सम्झौता गर्न इच्छुक रहेको
चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ नेपालसँग 'भिसा फ्री' सम्झौता गर्न इच्छुक रहेको देखिएको छ । त्यहाँको दैनिक मकाउ टाइम्सले प्रशासन तथा न्याय सचिवालयका निर्देशक लाई इङ किटलाई उद्धृत सम्भवतः तीन महिनाभित्रै यस्तो सम्झौता हुन सक्ने उल्लेख गरेको हो । यस्तो सम्झौता भए दुवै मुलुकका नागरिक एकअर्का देश भ्रमण गर्दा भिसा लिनुपर्दैन ।हाल मकाउका नागरिकलाई नेपालमा शुल्कसहित आगमन (अन अराइभल) भिसा सुविधा छ । नेपाली नागरिकका हकमा रहेको सोही प्रकृतिको सुविधा भने मकाउले करिब डेढ वर्षअघि कटौती गरेको थियो । त्यसपश्चात् काठमाडौंस्थित चिनियाँ दूतावासले नै मकाउको...
Sunday, January 1, 2012
गैरबासीय नेपाली संघ ओमनले दुताबास खोल्न अभियान
झन्डै ४० हजार नेपाली कार्यरत ओमनमा दुताबास खोल्न यहाँस्थित गैरबासीय नेपाली संघ ओमनले अभियान थालेको छ ।दुताबास स्थापनाको लागि सरकारलाई दवाव दिन उसले मस्कटमा सरोकारवालाहरुसँग बृहत छलफल गरेको छ । दुताबास स्थापनाको अभियानमा ऐक्यबद्धता जनाउन आइपुगेका माओवादीका युवा नेता चन्द्रबहादुर थापाले ओमनमा दुताबासको निकै जरुरी रहेको बताए ।उनले त्यसको लागि सम्बन्धीत ठाउँमा आफुले सक्दो पहल गर्ने बताए । 'हामी कहाँ पनि यहाको सुल्तानजस्तो दुरदर्शी नेता चाहिएको छ,' उनले भने, 'जसरी यहाँ प्राकृतिक श्रोतको सदुपयोग गरेर देशलाई सम्पन्न बनाएको छ । त्यसरी नै हामीसँग...
Tuesday, December 13, 2011
कुवैतमा नेपाली सांगितिक कार्यक्रम चरिटी शो सम्पन्न
कुवैत, मंसिर २६ - छुट्टीको दिन नेपाली भेला हुने कुवैत सिटीको ‘मालिया पार्क’ नजिक एक होटलको हलमा नेपालीहरुले आफुले भोगेको दुःख, सुख, हाँसो, खुसी, घरको संझना, स्वदेशको माया पोखे ।यहाँबाट त्रैमासिक रुपमा प्रकाशित ‘मरुभुमीको कोशेली’ पत्रिकाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा ३५ कलाकारले गीत, नृत्य, ठट्यौलीमार्फत त्यसलाई प्रस्तुत गरे । कलाकारहरु कुवैतमै विभिन्न पेशामा कार्यरतहरु हुन्, जसमा घरेलु कामबाट शुक्रवार एकैछिन फुर्सद निकालेर आएका घरेलु महिला कामदार पनि थिए ।पत्रिकाले आफुलाई बचाउन आर्थिक सहयोगको लागि च्यारिटी शोको रुपमा सांगीतिक कार्यक्रम गरेको हो...
Sunday, November 6, 2011
विश्व साइकलयात्री सौरभ दाहाल बेलायतमा भेटघाटमा व्यस्त
लण्डन । शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मिएका, विश्व शान्ति, सबैको लागि समान शिक्षा र वातारण प्रदुषण रोक्नुपर्ने नाराका साथ बिश्व साइकल यात्रामा निस्किएका सौरभ दाहाल हाल बेलायतमा भेटघाटमा व्यस्त छन् ।बेलायत फोक्सटन क्षेत्र र ब्रीटिश क्याम्पमा रहेका नेपालीहरुसंग आफ्नो यात्राको मुख्य उश्देयका वारेमा वताइरहेका दाहालले बेलायतको बि्रटिश बोर्डकाष्ट रेडियोमा तिन घण्टा अन्तरबार्ता दिएर गौतम बुद्ध ,सगरमाथा र विश्व शान्तिबारे आफ्नो धारणा राखेका थिए । यहाँ कार्यरत विभिन्न संघ सस्थाबाट समेत सम्मनित भएका दाहाललाई शनिबार बि्रटिश गोर्खा केम्पका जी एमले भेटघाट गरेका छन् ।ब्रुनाईमा ...
एक ड्रिमलाइनर हवाईटिकटको मुल्य ३४ हजार डलर
टोकियो – बिश्वकै प्रसिद्ध हवाइजहाज निर्माता बोइङले हालै मात्र बजारमा ल्याएको बोइङ ७८७ ड्रिमलाइनर बिमानको पहिलो उडान नारिता बाट हङकङको लागि उडेको थियो । जसको एउटा टिकट लीलाम बढाबढमा साधारण मुल्य भन्दा १३ गुणा बढी ३४ हजार डलरमा बिक्री भएको थाहा लागेको छ । अत्याधुनिक र कम इन्धन लाग्ने भनिएको उक्त बिमान मार्फत अल निप्पोन एयरलाइन्स (ANA) ले पहिलो उडान भरेको थियो र सो उडान नारिता-हङकङको रहेको थियो । हवाइ उध्योगको क्षेत्रमा नयाँ आयाम थप्ने आशा गरिएको ड्रिमलाइनरको पहिलो उडानमा २५२ जना यात्रुहरुले यात्रा गरेका थिए । सो बिमान उडनु अघि ANA का अध्यक्ष सिनइचिरो इतो र...
Monday, September 19, 2011
टोक्योमा नेपाल फेष्टिवल २०११ सफलताका साथ सम्पन्न
टोक्यो । एनआरएन जापानले टोकियोस्थित योयोगिपार्कमा आयेजना गरेको दुईदिने नेपाल फेष्टिवल आइतवार साझ सफलताका साथ सम्पन्न भएको छ । मेलाका कारण टोक्योको योयोगी पार्क दुईदिनसम्म नेपालमय भएको थियो । टोकियोमा सम्पन्न महोत्सवको दुईदिनमा करिव २ लाख ब्यक्तिले भ्रमण गरेको आयोजकले वताएको छ । नेपाल पर्यटन वर्ष २०११ लाई सफल वनाउन सहयो गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको हो । त्यस्तै जापानमा रहेका नेपालीहरुलाई एकिकृत गर्न र जापानीहरुलाई नेपालको वारेमा जानकारी दिन पनि महोत्सव सफल रहेको आयोजकको दावी छ ।पर्यटन बर्षको उपलक्ष्यमा आयोजना गरिएको यस महोत्सवले नेपालको...
Thursday, August 18, 2011
मलेसियामा अझै एक लाख नेपाली गैरकानुनी रूपमा कामदार
मलेसियामा १९ लाख २८ हजार ४ सय ९५ जना गैरकानुनी विदेशी कामदार र आप्रवासी रहेको एक तथ्यांकले देखाएको छ । मलेसिया सरकारले गैरकानुनी विदेशी कामदार र आप्रवासीका लागि ल्याएको ६ पी (दर्ता, वैधानिकता, आममाफी, निरीक्षण, जागरण र स्वदेश फिर्ता) कार्यक्रमअन्तर्गत गैरकानुनी रूपमा मलेसियामा रहेका विदेशी कामदार यो संख्यामा दर्ता भएको विवरण मंगलबार सार्वजनिक गरेको हो ।मलेसियाको गृह मन्त्रालयअन्तर्गतको दर्ता तथा अध्यागमन विभागका उपमहासचिव डटुक अल्बी इम्ब्राहिमले गैरकानुनी विदेशी कामदारका लागि ल्याएको आममाफी कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको...
Sunday, August 7, 2011
अमेरिकी अदालतको आदेशपछि एएनए निर्वाचन स्थगित भयो
अगष्ट ६ तारेख हुन गइरहेको एशोसियसन अफ नेपलिज इन अमेरिकाज (एएनए) को नयाँ कार्य समितिको निर्वाचन एकाएक स्थगित गरिएको छ । निर्वाचन समितीका सदस्यहरू शारदा खाती र हिरा शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्ती अनुसार म्यारील्याण्ड राज्यको प्रिन्स जोर्जेज काउन्टी सर्किट अदालतको आदेशानुसार १० दिनको लागि एएनएको चुनाव स्थगित गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।प्राप्त जानकारी अनुसार अदालतले उजुरीकर्ता प्रल्हाद केसी तथा उहाँको समूह र बिपक्षीहरू एएनएको तत्कालिन अध्यक्ष सिमोन ढुंगाना, तदर्थ समितीका अध्यक्ष छेवाङ शेर्पा लामा, निर्वाचन समितीका प्रमुख सुदिप श्रेष्ठ लगायत तत्कालिन...
Monday, August 1, 2011
ब्राजिलले काठमाडौंमा आफ्नो दुतावास खोल्ने
श्रावण १६ - नेपालसँग कुटनीतिक सम्झौता भएको ३५ बर्षपछि ल्याटिन अमेरिकी मुलुक ब्राजिलले काठमाडौंमा आफ्नो दुतावास खोल्ने भएको छ । आवासीय राजदूतको जिम्मेवारी लिएर ब्राजिलियन कुटनीतिक अधिकारी एक महिनामा काठमाडौं आउने भएका छन् ।'डेढ बर्षअघि नेपालले ब्राजिलको ब्रासिलियामा दुतावास खोल्नासाथ यहाँको मन्त्रीपरिषदले पारस्परिक सहयोग-सम्बन्ध आधारमा काठमाडौंमा आफ्नो दुतावास खोल्ने निर्णय गरेको थियो,' ब्रासिलियास्थित राजदूत प्रद्युम्नबिक्रम शाहले ईकान्तिपुरसँग भने । अहिलेसम्म ब्राजिलको काठमाडौंमा कन्सुलेट कार्यालय मात्रै रहेको छ ।ब्राजिलमा रहेको नेपाली दुतावास उदघाटन गर्ने...
Saturday, July 30, 2011
दक्षिण कोरिया सरकारले कामदारको तलब बढाउने निर्णय
१२ साउन-दक्षिण कोरिया सरकारले लामो समयपछि तल्लो तहका विदेशी एवं स्वदेशी कामदारको तलब वृद्धि गर्ने भएको छ । लामो समयको गृहकार्य र जनदबाबपछि कोरिया सरकारले तल्लो तहका विदेशी तथा स्वदेशी कामदारको तलब बढाउने निर्णय गरेको हो ।यो निणर्यसँगै साना तथा मझौला उद्योगमा तल्लो तहमा कार्यरत नेपाललगायत अन्य विदेशी कामदारको पनि सन् २०१२ बाट मासिक तलब ६ प्रतिशत अर्थात् लगभग ४ हजार रुपैयाँ वृद्धि हुने भएको छ । सरकारको न्यूनतम तलब परिषद् (एमडब्लुपी)को १३ औं बैठकले प्रतिघन्टा ४ हजार ३ सय २० वनबाट २ सय ६० वृद्धि गरेर ४ हजार ५ सय ८० वन पु¥याउने निर्णय गरेको...
Sunday, July 10, 2011
गोर्खाले बेलायत केन्द्रित आन्दोलन गर्ने
गोर्खा आन्दोलनको अगुवा संस्था संयुक्त ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ(युविजीइए)ले गोर्खाहरुको माग सम्बोधन गर्न बेलायत केन्द्रित आन्दोलन गर्ने भएको छ। पहिलो चरणको आन्दोलन अन्तर्गत संघले हस्ताक्षर अभियान गरी बेलायती सरकारको ध्यानाकर्षण गर्न लागेको हो।यसै अनुरुप शुक्रबारबाटै युबीजीइएले हस्ताक्षर अभियान समेत शुरु गरेको छ। एक जुलाईबाट संकलित हस्ताक्षर ९ नोभेम्बरमा बेलायती प्रधानमन्त्री क्यामरुनलाई बुझाईने संघका अध्यक्ष प्रेम राईले बताए। 'हामी एक लाखभन्दा बढी जनताबाट हस्ताक्षर संकलन गरी तामझामका साथ १० डाउनीङस्ट्रिट जांदैंछौं', राइले भने- 'त्यसपछि बेलायती सरकार...
Monday, June 27, 2011
साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण
वैदेशिक रोजगारको मुख्य गन्तव्य साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई भिसा जारी गर्ने नीति लिएको छ । यस्तो वर्गीकरण नीतिबाट नेपाली कामदारको मागमा प्रभाव पर्ने वैदेशिक रोजगार व्यवसायीको अनुमान छ । साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई भिसा जारी गर्ने नीति बनाएको म्यानपावर व्यवसायीले बताएका छन् । ब्लु जोन, ग्रीन जोन र रेड जोन गरी रोजगारदातालाई तीन भागमा वर्गीकरण गर्ने नीति बनाई कार्यान्वयन गर्ने तयारी भइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सदस्य.तुलसीप्रसाद...
Monday, June 20, 2011
खाडी मुलुकका श्रममन्त्रीहरूद्वारा पारिश्रमिक बढाउने आश्वासन
खाडी मुलुकका श्रममन्त्रीहरूले नेपाली कामदारले उत्कृष्ट काम गर्दै आएको भन्दै संख्या र पारिश्रमिक बढाउने आश्वासन दिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सयौं सम्मेलनका क्रममा कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र मरिससका श्रममन्त्रीले यस्तो आश्वासन दिएको श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले बताए ।उनका अनुसार मन्त्रीहरूले अहिलेको भन्दा उच्च दरमा नेपाली कामदारको संख्या बढाउने नीति अवलम्बन गरिने बताएका छन् । खाडी मुलुकका सरकारले विदेशी कामदार लिन बर्सेनि कोटा तोक्ने गर्छन् । पछिल्लो समय एकै देशका कामदारको संख्या बढी हुँदा सामाजिक...
Thursday, June 16, 2011
बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने
बेलायत सरकारले अध्यागमन नियन्त्रणकै एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने नियम आगामी ४ जुलाई, २०११ देखि लागू गर्ने भएको छ । अध्यागमन मन्त्री डेमियन ग्रीनले सोमबार लिखित वक्तव्यमार्फत सो घोषणा गरेका हुन् । भिसा लिइसकेका विद्यार्थी भने यस नियमबाट प्रभावित हुने छैनन् ।यसअघि फाउण्डेसन डिग्री वा लेभल छ भन्दा माथिको कोर्स पढ्नेले सातामा २० घण्टा र डिपेन्डेन्टले पूरा समय एवं डिग्री लेभलभन्दा तल्लो तहका कोर्स अध्ययनरत विद्यार्थीले १० घण्टा काम गर्न पाउने व्यवस्था रहेको थियो । जुलाई ४, २०११ पछि विश्वविद्यालय वा पब्लिकली फण्डेड एजुकेसन प्रोभाइडर बाहेकका...
Sunday, June 5, 2011
भारतीय योग गुरु रामदेवलाई हत्या गर्ने प्रयास
नयाँ दिल्ली, जेठ २२ (एजेन्सी)- भारतीय योग गुरु रामदेवले आफूलाई सरकारले हत्या गर्ने योजना बनाएको दाबी गरेका छन्। त्यही कारण महिलाको कपडा लगाएर बाहिर फुत्कन सफल भएको दाबी पनि उनले गरे। सलले घाँटीमा बेरेर तानेर मार्न खोजेको आरोप लगाउँदै उनले भने, 'ममाथि पशुको जस्तो व्यवहार गरियो, म अपराधी त हैन नि।'सँधै गेरुवस्त्रमा देखिने रामदेव पत्रकार सम्मेलनमा सेतो पहिरनमा देखिएका थिए। उनले त्यो पहिरन आफूले शोखले नलगाएको भन्दै मार्ने षड्यन्त्र भएपछि भाग्न महिलाको कुर्था लगाएको बताए। उनले आफूलाई 'इन्काउन्टर' (भिडन्तमा मार्न खोजेको) दावी पनि गरे। सरकारले जलियावाला...
Saturday, May 28, 2011
जर्मनीमा पनि नेपाल पर्यटन बर्ष २०११ को प्रचार अभियान
नेपाली राजदुतावासद्वारा जर्मनब्यापी रुपमा सुरु गरेको नेपाल पर्यटन बर्ष २०११ को प्रचार अभियान अन्तर्गतको पहिलो कार्यक्रम अल्पाइन नगरी म्युनिखमा सम्पन्न भएको छ । कार्यक्रममा हिमालयन परिवार म्युनिख, अल्पाइन क्लब, हेल्प नेपाल र फ्रेण्ड्स अफ नेपाल लगायतका नेपालको पर्यटन क्षेत्रसँग आवद्ध बिभिन्न स्थानीय संघ संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।पर्यटन प्रवर्धनका लागि नेपाली दुतावास जर्मनीले यो स्तरमा कार्यक्रमको आयोजना गरेको यो पहिलो अवसर हो।यसअघि स्थानीय.संघ संस्थाहरुले नेपालको पर्यटन क्षेत्रमा सूचना मुलक कार्यक्रमहरु गर्ने गरेको भए पनि दुतावासले साधनश्रोतको अभाव देखाउदै...
Saturday, May 21, 2011
वासिङ्टन डिसीमा एम्बेसी ओपन हाउस सम्पन्न
न्ययोर्क, जेष्ठ ४ - नेपाल पर्यटन बर्षको प्रचार प्रसार एवम प्रर्वद्धनका लागि ‘एम्बेसी ओपन हाउस’ नामक बृहत कार्यक्रम हालै आयोजना भएको छ । वासिङ्टन डिसीस्थित नेपाली दुतावासको सो ओपन हाउसमा नेपाली संस्कृती, कला, पर्यटन, खानेकुरा र व्यापार प्रर्वद्वन सम्बन्धी प्रर्दशनी गरिएको थियो ।कार्यक्रम दुतावास निवासमा गरिएको थियो । नेपाली कला संस्कृती, पर्यटन, शिक्षा एवं व्यापारको बारेमा अमेरिकीहरुको जानकारीका लागि सो कार्यक्रम गरिएको राजदुत डा. शंकर शर्माले ईकान्तिपुर बताए ।डिसी क्षेत्र र वरपरका अन्य राज्यका झण्डै दुई हजार पाँच सय आगन्तुकहरु.कार्यक्रममा सहभागी थिए । राजदुत निवासको पहिलो...
Saturday, May 7, 2011
अब कोरियाले विदेशीहरुको भिसामा नया सुधार गर्ने
कोरियन नागरिकहरुसंग विवाह गर्ने विदेशीहरुको भिसामा नयां सुधार गर्ने कानुन मन्त्रालयले जनाएको छ । कानुन मन्त्रालयले गत २९ तारिख कोरियन नागरिकसंग वैवाह गर्ने विदेशी, आर्थिक लगानी गरि बसोबास गरि रहेका विदेशी र प्रतिभावान तथा उत्कृष्ट विदेशी नागरिकको भिसाको सम्बन्धमा अध्यागमनको नितीमा नया सुधार गर्ने जनाएको छ ।नयां नितीमा कोरियन नागरिकसंग विवाह गर्नेहरुलाई कोरियामा सुरक्षित र सुव्यवस्थीत तरिकाले बसोबास गर्ने सक्ने अधिकार प्रदान गर्नको निम्ति सो भिसालाई F-6 मा परिवर्तन गर्ने छ । हाल सम्म लामो समय सम्म बसोबास गर्ने अन्य विदेशीलाई झै F-2 भिसा दिदै आएको...
Subscribe to:
Posts (Atom)
नेपाली दैनिकपात्रो
नेपाली समय
भजनका भिडियोहरु
रुपैयालाई बदल्नुहोस्
!-end>!-currency>


































Nepalese Rupee Converter

