Saturday, May 28, 2011

जर्मनीमा पनि नेपाल पर्यटन बर्ष २०११ को प्रचार अभियान

नेपाली राजदुतावासद्वारा जर्मनब्यापी रुपमा सुरु गरेको नेपाल पर्यटन बर्ष २०११ को प्रचार अभियान अन्तर्गतको पहिलो कार्यक्रम अल्पाइन नगरी म्युनिखमा सम्पन्न भएको छ । कार्यक्रममा हिमालयन परिवार म्युनिख, अल्पाइन क्लब, हेल्प नेपाल र फ्रेण्ड्स अफ नेपाल लगायतका नेपालको पर्यटन क्षेत्रसँग आवद्ध बिभिन्न स्थानीय संघ संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।पर्यटन प्रवर्धनका लागि नेपाली दुतावास जर्मनीले यो स्तरमा कार्यक्रमको आयोजना गरेको यो पहिलो अवसर हो।यसअघि स्थानीय.संघ संस्थाहरुले नेपालको पर्यटन क्षेत्रमा सूचना मुलक कार्यक्रमहरु गर्ने गरेको भए पनि दुतावासले साधनश्रोतको अभाव देखाउदै...


पन्छिदै आएको थियो ।नब्बेको दशकमा नेपाल जाने जर्मन पर्यटकको सङ्ख्या पचास हजारको हाराहारीमा रहेकोमा पछिल्ला बर्षहरुमा यो सङ्ख्या घटेर १५ हजार पुगेको छ । कार्यक्रममा बोल्दै जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधानले गतबर्ष देखी जर्मनी पर्यटकको सङ्ख्या बढ्दो रुपमा रेहेको भएपनि यो पर्याप्त नभएको बताए ।उनले भने- "हामी धेरै भन्दा धेरै जर्मन पर्यटक नेपाल भित्र्याउन चाहन्छौं त्यसका लागि हामीलाई सिधा हावाइ सुबिधाको खाँचो छ र नेपालको सुरक्षा अवस्था सुधार गर्न मरी मेटेर लागि रहेका छौ । म तपाईंहरुलाई भन्न चाहन्छु नेपाल द्वन्द्धको अवस्थाबाट अहिले पूर्ण रुपमा मुक्त छ र तपाईंहरुका लागि त्यो पहाडी मुलुक सुरक्षित गन्तब्य हुनेछ ।"

उनले नेपालको राजनीति इतिहासको कठिन मोडबाट गुज्रिरहेको बताउँदै भने हामी नयाँ संबिधान लेखनमा उत्तिकै जागरुक छौ र हाम्रा पर्यटकको सुरक्षा र सुबिधाका लागि उत्तिकै सचेत पनि ।कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा एनआरएन जर्मनीका अध्यक्ष दिल गुरुङले नेपाल पर्यटकका लागि हिजो पनि उत्तिकै स्वादिलो थियो र आज पनि उस्तै स्वादिलो रहेको बताए । उनले भने, 'नेपाल पर्यटनका हिसाबले यस्तो रहस्यमय देश हो जुन रहस्य त्यहा पुग्नेले मात्र थाहा पाउछ, जो त्यहा पुग्दैन उसलाई सधैं रहस्यनै हुन्छ ।' उनले नेपाल पर्यटकका लागि असुरक्षित भन्नु हल्ला मात्र भएको बताए ।

जर्मनीको बायर्न क्षेत्रका लागि नेपाली बाणिज्यदत लुड्विग अलेक्जेण्डर ग्राइसेलले आफुले तिसौं पटक नेपालको भ्रमण गरेको भएपनि त्यो देशको सुन्दरता र त्यहाँको मिठो आतिथ्यले सधैं लोभ्याइ रहने बताए ।हिमालयन परिवार म्युनिखका अध्यक्ष हरि न्यौपानेले हरेक जर्मनीहरुलाई आग्रह गर्दै भने, 'हामीलाई अन्य सहयोग होइन तपाईं एक पटक नेपाल जानुस् र तपाईंको अनुभव तपाईंका छिमेकिलाई सुनाउनुस् त्यो नै हामी सबै नेपालीहरुका लागि ठुलो सहयोग हुने छ ।'

कार्यक्रममा सन १९७८ देखि अहिले सम्म सगरमाथा आरोहण गर्ने ३८ जना मध्ये ५ जना आरोहीहरुको पनि उपस्थिति रहेको थियो । उनीहरुलाई नेपाली राजादूत प्रधानले प्रमाणपत्र प्रदान गरेका थिए भने नेपाल पुगेका बिभिन्न पदयात्रीहरुले आ-आफ्न अनुभवहरु श्रब्य दृष्य मार्फत प्रस्तुत गरेका थिए । कार्यक्रममा हिमालयन परिवार म्युनिखले नेपालका बिभिन्न जात जाती र तिनिहरुको सस्कृती झल्कने खालका नृत्यहरु र नाटक प्रस्तुत गरेको थियो ।

परिवारकै अग्रसरतामा आगन्तुकहरुका लागि बिभिन्न नेपाली खानाका पारीकारहरु समेत राखिएको त्यस कार्यक्रमको सह आयोजक हिमालअयन परिवार म्युनिख रहेको थियो । आगामी दिनमा दुतावासले ह्याम्बर्ग, फ्राङ्कफोर्ट र बोनमा पर्यटकका लागि नेपाल र नेपालीका लागि पर्यटक नामक कार्यक्रम हरु गर्दै छ । 
स्रोत: कान्तिपुर 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute