Saturday, May 21, 2011

वासिङ्टन डिसीमा एम्बेसी ओपन हाउस सम्पन्न

न्ययोर्क, जेष्ठ ४ - नेपाल पर्यटन बर्षको प्रचार प्रसार एवम प्रर्वद्धनका लागि ‘एम्बेसी ओपन हाउस’ नामक बृहत कार्यक्रम हालै आयोजना भएको छ । वासिङ्टन डिसीस्थित नेपाली दुतावासको सो ओपन हाउसमा नेपाली संस्कृती, कला, पर्यटन, खानेकुरा र व्यापार प्रर्वद्वन सम्बन्धी प्रर्दशनी गरिएको थियो ।कार्यक्रम दुतावास निवासमा गरिएको थियो । नेपाली कला संस्कृती, पर्यटन, शिक्षा एवं व्यापारको बारेमा अमेरिकीहरुको जानकारीका लागि सो कार्यक्रम गरिएको राजदुत डा. शंकर शर्माले ईकान्तिपुर बताए ।डिसी क्षेत्र र वरपरका अन्य राज्यका झण्डै दुई हजार पाँच सय आगन्तुकहरु.कार्यक्रममा सहभागी थिए । राजदुत निवासको पहिलो... 


तला र प्रागंनमा पर्यटन प्रर्वद्वन, नेपाली हस्तकला सामाग्री, नेपाली खानेकुराको स्टल राखिएको थियो । आगन्तुकहरुले नेपाल पर्यटन बर्ष २०११ को बारेमा जानकारी लिनुका साथै नेपालका प्रमख पर्यटन स्थलको जानकारीका लागि अडियो एवम भिडियो व्यवस्था गरिएको थियो । कार्यक्रममा हस्तकला, पश्मिना एवम ऐतिहासिक, सांस्कृतिक सामाग्रीहरु आर्कषण थिए । अर्कोतर्फ, अमेरिकीहरुलाई नेपाली  मौलिक खानेकुराको स्वाद पनि चखाईएको थियो ।  

अडियो एवम भिडियो मार्फत स्थानीय सगरमाथा टेलिभिजनका राम खरेलले आगन्तुकहरुलाई जानकारी गराएका थिए भने नेवा समाजका अमेरिका अध्यक्ष राजेश श्रेष्ठले हस्तकला, पश्मिना लागायत विविध ऐतिहासिक पक्षको बारेमा बोलेका थिए । घर ए कबाब, सांग्रिला, द हिमालयन हेरिटेज, काठमाडौं किचेन, माउण्ट एभरेष्ट, राजाजी रेष्टुरा लगायत नेपाली अमेरिका सोसाईटीले नेपाली खानेकुराको संयोजन गरेका थिए । स्रोत: कान्तिपुर 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute