Saturday, May 7, 2011

अब कोरियाले विदेशीहरुको भिसामा नया सुधार गर्ने

कोरियन नागरिकहरुसंग विवाह गर्ने विदेशीहरुको भिसामा नयां सुधार गर्ने कानुन मन्त्रालयले जनाएको छ । कानुन मन्त्रालयले गत २९ तारिख कोरियन नागरिकसंग वैवाह गर्ने विदेशी, आर्थिक लगानी गरि बसोबास गरि रहेका विदेशी र प्रतिभावान तथा उत्कृष्ट विदेशी नागरिकको भिसाको सम्बन्धमा अध्यागमनको नितीमा नया सुधार गर्ने जनाएको छ ।नयां नितीमा कोरियन नागरिकसंग विवाह गर्नेहरुलाई कोरियामा सुरक्षित र सुव्यवस्थीत तरिकाले बसोबास गर्ने सक्ने अधिकार प्रदान गर्नको निम्ति सो भिसालाई F-6 मा परिवर्तन गर्ने छ । हाल सम्म लामो समय सम्म बसोबास गर्ने अन्य विदेशीलाई झै F-2 भिसा दिदै आएको... 


थियो ।त्यस्तै ५० हजार डलर भन्दा बढी आर्थिक लगानी गरी ३ बर्ष भन्दा बढी कोरियामा बसोबास गरेका र ३ लाख डलर भन्दा बढी आर्थिक लगानी गरि २ जना कोरियन नागरिकलाई रोजगार दिएको छ भने सो विदेशी नागरिकलाई F-2 भिसा दिने भएको छ ।


कोरियाको युनिभरसिटिमा लगातार अध्ययान गरि पिएचडि पास गरेका विदेशीहरुलाई ग्रीनकार्डको भिसा F-5 दिने भएको छ र एलिएन कार्यको नम्बर नभएका विदेशीहरुलाई पनि बैक तथा अन्य कार्य गर्दा असुविधा नहोस भन्ने हेतुले एलिएन कार्ड नम्बर उपलब्ध गराउने भएको छ ।कानुन मन्त्रालयका अधिकारीले "मन्त्रालयमा छलफल गरि यहि बर्षको अन्तमा देखि यो नियम लागु हुने" जनाएको छ ।
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute