Sunday, November 6, 2011

विश्व साइकलयात्री सौरभ दाहाल बेलायतमा भेटघाटमा व्यस्त

लण्डन । शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मिएका, विश्व शान्ति, सबैको लागि समान शिक्षा र वातारण प्रदुषण रोक्नुपर्ने नाराका साथ बिश्व साइकल यात्रामा निस्किएका सौरभ दाहाल हाल बेलायतमा भेटघाटमा व्यस्त छन् ।बेलायत फोक्सटन क्षेत्र र ब्रीटिश क्याम्पमा रहेका नेपालीहरुसंग आफ्नो यात्राको मुख्य उश्देयका वारेमा वताइरहेका दाहालले बेलायतको बि्रटिश बोर्डकाष्ट रेडियोमा तिन घण्टा अन्तरबार्ता दिएर गौतम बुद्ध ,सगरमाथा र विश्व शान्तिबारे आफ्नो धारणा राखेका थिए । यहाँ कार्यरत विभिन्न संघ सस्थाबाट समेत सम्मनित भएका दाहाललाई शनिबार बि्रटिश गोर्खा केम्पका जी एमले भेटघाट गरेका छन् ।ब्रुनाईमा ...


कार्यरत हुँदा अफगानिस्तानमा तालिवानको गोली लागेर ज्यान गुमाएका बिजय राईको श्रदान्जली सभामा पनि भाग लिएका दाहालले त्यहा सैनिक अधिकारीहरुलाई पनि भेटेका थिए । कुमार दर्जिको सहयोगमा क्यामपमा पुगेका उनलाई त्यस अवसरमा मेजरहरुले अन्य क्याम्प मा आउन निमन्त्रणा दिएका थिए ।

बेलायतमा उनले एनआरएन बेलायत , तमु नेपाली समाज बेलायत लगाएतले उनको सम्मानमा आयोजना हुने कार्यक्रममा पनि सहभागिता हुने छन । बेलायत रहदा उनले यहाका बिद्यालयका विद्यार्थीहरुलाई बुद्ध नेपालमा जन्मिएको भनेर जानकारी गराउने पनि बताएका छन । अष्ट्रलियावाट बेलायत आएका उनी बेलायतको लन्डन ,स्कटलेण्ड आयरलेण्ड हुदै पाँच महिनापछि उनि फ्रान्स जाने कार्यक्रम छ ।  स्रोत: अनलाइन 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute