Monday, June 27, 2011

साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण

वैदेशिक रोजगारको मुख्य गन्तव्य साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई  भिसा जारी गर्ने नीति लिएको छ । यस्तो वर्गीकरण नीतिबाट नेपाली कामदारको मागमा प्रभाव पर्ने वैदेशिक रोजगार व्यवसायीको अनुमान छ ।  साउदी अरबले रोजगारदाता कम्पनीलाई तीन भागमा वर्गीकरण गरी सोही आधारमा विदेशी कामदारलाई भिसा जारी गर्ने नीति बनाएको म्यानपावर व्यवसायीले बताएका छन् । ब्लु जोन, ग्रीन जोन र रेड जोन गरी रोजगारदातालाई  तीन भागमा वर्गीकरण गर्ने नीति बनाई कार्यान्वयन गर्ने तयारी भइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सदस्य.तुलसीप्रसाद... 


काप्री (गोविन्द)ले बताए ।साउदी अरबमा करिब ५ लाख कामदार बैधानिक तवरबाट गएका छन् । अधिक संख्यामा नेपाली कामदार  भारतको बाटो हँुदै साउदी अरब पुगेको विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालको श्रम बजारमध्ये साउदी अरब तेस्रो गन्तव्य मुलुक हो । साउदीमा ९० प्रतिशतभन्दा बढी नेपाली कामदार निर्माण क्षेत्रमा छन् भने बाँकी होटेल, रेस्टुरेन्ट र सुरक्षा गार्डमा कार्यरत छन् ।
   
नयाँ नीतिबाट  ब्लु जोनअन्तर्गत रहेका सबै रोजगारदाता कम्पनीलाई सजिलै भिसा दिने व्यवस्था गरिएको संघका सदस्य काप्रीले बताए । “ब्लु जोनमा विदेशी कामदारको तलब र भत्ता सुविधा सरकारबाट नै तोकिएको हुन्छ,” उनले भने, “यस क्षेत्रका रोजगारदातालाई सरकारले सेवासुविधा दिनुको साथै कामदारले पनि हवाई टिकट खर्चलगायत तिर्नुपर्दैन ।” यो क्षेत्रमा परेका कामदारका काम सुरक्षित र स्थायी हुन्छ ।
यसैगरी ग्रीन जोनमा परेका रोजगारदाता कम्पनीका कामदारको तलब भत्तालगायतका सेवासुविधा ग्रीन क्षेत्रको भन्दा कम हुन्छ । ब्लु जोनमा रहेका रोजगारदाता कम्पनीमा विदेशी कामदार भिसा कम दिन्छ भने रेड क्षेत्रमा भिसा दिने प्रक्रिया झन् कडाइ हुने काप्रीले बताए । उनका अनुसार ग्रीन र रेड जोनमा परेका रोजगारदाता कम्पनीले सरकारले तोकिएको  विभिन्न प्रक्रियाहरु पूरा गरेर मात्र विदेशी कामदारको मागपत्र दिन सक्नेछ भने ब्लु जोनका रोजगारदाताले यस्तो प्रक्रिया पूरा गर्नुपर्दैन ।
  
“ब्लु जोनमा परेका रोजगारदाता कम्पनी उत्कृष्ट हो,” काप्रीले भने, “ग्रीन र रेड जोनमा परेका रोजगारदाता कालोसूचीमा परेजस्तै हो ।” त्यसैले यो क्षेत्रमा पर्ने रोजगारदाता कम्पनीलाई सरकारले विदेशी कामदार लिने सम्बन्धमा कडा नियमन र निगरानी गर्ने उनले बताए । यसका लागि साउदी सरकारले एक सातादेखि काम सुरु गरेको छ ।अहिले ब्लु, ग्रीन र रेड जोनमा कति–कति रोजगारदाता कम्पनी थाहा नभए पनि अधिक मात्र ग्रीन र रेड रहन सक्ने हुँदा केही समय नेपालको मागमा असर पर्ने काप्रीको भनाइ छ । “अहिले साउदी अरबले रोजगारदाता वर्गीकरणका लागि काम अगाडि बढाइरहेको छ,” उनले भने । कम्पनीको भौतिक पूर्वाधार, आर्थिक आधार, कामदारलाई दिएको तलब भत्तालगायत सेवासुविधाको आधारमा वर्गीकरण हुनेछ ।
यस्तो नीतिले घरबिदामा आएका विदेशी कामदारलाई रेड र ग्रीन क्षेत्रमा परेका रोजगारदाता कम्पनी जान नपाउने व्यवस्था पनि हुन सक्ने काप्रीले बताए । “साउदीको अध्यागमन विभागले घरबिदाबाट विदेश फर्केका कामदारलाई एयरपोर्टबाटै नै फर्काइ दिन सक्छ,” उनले भने, “यसका लागि श्रम विभाग कडाइ साथ काम गरिरहेको छ ।” स्रोत: कारोबार 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute