Thursday, August 18, 2011

मलेसियामा अझै एक लाख नेपाली गैरकानुनी रूपमा कामदार

मलेसियामा १९ लाख २८ हजार ४ सय ९५ जना गैरकानुनी विदेशी कामदार र आप्रवासी रहेको एक तथ्यांकले देखाएको छ । मलेसिया सरकारले गैरकानुनी विदेशी कामदार र आप्रवासीका लागि ल्याएको ६ पी (दर्ता, वैधानिकता, आममाफी, निरीक्षण, जागरण र स्वदेश फिर्ता) कार्यक्रमअन्तर्गत गैरकानुनी रूपमा मलेसियामा रहेका विदेशी कामदार यो संख्यामा दर्ता भएको विवरण मंगलबार सार्वजनिक गरेको हो ।मलेसियाको गृह मन्त्रालयअन्तर्गतको दर्ता तथा अध्यागमन विभागका उपमहासचिव डटुक अल्बी इम्ब्राहिमले गैरकानुनी विदेशी कामदारका लागि ल्याएको आममाफी कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको...


बताएका छन् । विज्ञप्तिमार्फत उनले यो कार्यक्रममा कुल दर्ता संख्या मध्ये १० लाख ३१ हजार २ सय ७५ जना आप्रवासी रहेको जनाएका छन् । यसमध्ये झन्डै २ लाख जना त सबामा मात्र दर्ता भएका छन् ।
गैरकानुनी कामदारका लागि जोहोरको एक कम्पनीलाई पत्र लेखी आममाफी कार्डका लागि कम्पनीद्वारा सूचीकृत गैरकानुनी कामदारलाई निश्चित रकम लिइएको जनाएको छ । कम्पनीमा कार्यरत गैरकानुनी कामदारलाई वैध हुन अवसर दिनका लागि ३ हजार रिंगेट लिइएको विभागले जनाएको छ । सरकारद्वारा आममाफी कार्ड लिनेलाई पक्राउ नगरिने प्रतिबद्धतासमेत जनाइएको छ  ।
मलेसियामा नेपाली कामदार ५ लाख रहेको जनाइएको छ भने त्यसमध्ये १ लाख नेपाली गैरकानुनी रूपमा रहेको वैदेशिक रोजगार व्यवसायीहरूले जनाएका छन् । मलेसिया सरकारले यसअघि आफ्नो मुलुकमा २० लाख गैरकानुनी कामदार रहेको जनाएको थियो ।
विदेशी कामदारका लागि ६ पी कार्यक्रममा सहभागी बन्न मलेसिया सरकारले एक साताको समय राखी अगस्ट ११ तारिखसम्मको समय दिएको थियो । मलेसियाको यो कार्यक्रमले नेपाली कामदारलाई पनि राहत मिलेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
मलेसिया सरकारले विदेशी कामदारमध्ये गैरकानुनी कामदारलाई वैधानिक बनाउने वा घर फर्कन चाहनेलाई फिर्ता हुन दिनेसम्बन्धी कार्यक्रम ल्याएपछि गैरकानुनी नेपालीलाई समेत वैकल्पिक बाटो खुलेको हो । गत वर्षकै सेप्टेम्बरमा ल्याउने भनिए पनि यो कार्यक्रम चालू वर्षको जुलाई महिनामा घोषणा गरी अगस्टमा सम्पन्न गरिएको हो । बंगलादेशी कामदारबारे के गर्ने भन्ने विवादका कारण कार्यक्रम निर्धारित समयभन्दा ढिलो सम्पन्न भएकोे स्रोतले जनाएको छ । बिनाकारबाही फर्काउने र आवश्यकता हेरी केहीलाई वैध बनाउने मलेसिया सरकारको योजनाले नेपालीलाई टेवा पुगेको मलेसियाका लागि नेपाली राजदूत डा. ऋषिराज अधिकारीले बताए । उनका अनुसार अहिले मलेसियामा ५० हजारजति गैरकानुनी नेपाली कामदार छन् । यो कार्यक्रमले गैरकानुनी कामदारलाई धेरै राहत भएको छ ।
मलेसियामा विभिन्न क्षेत्रमा कानुनी तथा गैरकानुनी अवस्थामा कार्यरत कामदारहरूलाई औंठाछाप प्रणालीद्वारा रजिस्टे«सन गरिने कार्यक्रमअन्तर्गत पहिलो चरणमा गैरकानुनी कामदारको दर्ता प्रक्रिया गरिएको हो । वैध कामदारलाई पनि दर्ता हुन अगस्ट २१ तारिखसम्मको समय तोकिएको छ ।
गैरकानुनी नेपालीका लागि स्वदेश फर्कन नागरिकता प्रमाणपत्रको सक्कल, राहदानी, भिसाका साथै राहदानी हराएको भए पुलिस प्रतिवेदनका साथ रोजगारदाताको सबै प्रक्रिया पु¥याएपछि दूतावासमार्फत राहदानी दिइने दूतावासले जनाएको छ । नेपालबाट अत्यधिक मात्रामा कामदार जाने मलेसियामा कामदारहरू प्रायः कम्पनीमा सम्झौताअनुसार काम नगरी अन्यत्र जाने हुनाले गैरकानुनी हुनेको संख्या बढेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute