Monday, September 19, 2011

टोक्योमा नेपाल फेष्टिवल २०११ सफलताका साथ सम्पन्न

टोक्यो । एनआरएन जापानले टोकियोस्थित योयोगिपार्कमा आयेजना गरेको दुईदिने नेपाल फेष्टिवल आइतवार साझ सफलताका साथ सम्पन्न भएको छ ।  मेलाका कारण टोक्योको योयोगी पार्क दुईदिनसम्म नेपालमय भएको थियो । टोकियोमा सम्पन्न महोत्सवको दुईदिनमा करिव २ लाख ब्यक्तिले भ्रमण गरेको आयोजकले वताएको छ । नेपाल पर्यटन वर्ष २०११ लाई सफल वनाउन सहयो गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको हो । त्यस्तै जापानमा रहेका नेपालीहरुलाई एकिकृत गर्न र जापानीहरुलाई नेपालको वारेमा जानकारी दिन पनि महोत्सव सफल रहेको आयोजकको दावी छ ।पर्यटन बर्षको उपलक्ष्यमा आयोजना गरिएको यस महोत्सवले नेपालको... 


पर्यटन विकासकालागि थप योगदान पुर्याएको दावी आयेजकको छ । नेपाली, जापानी र जापानमा रहेका अन्य विदेशी नागरिकको उल्लेख्य उपस्थिती रहेको महोत्सवमा ६० भन्दा वढीस्टल राखिएको थियो ।  नेपाली खाना, उत्पादन  र सेवा सम्वन्धी विभिन्न स्टल रहेको महोत्सवको पहिलो दिन नेपाली पोशाक सहितको फेसन सो, नेपाली पञ्चेवाजा लगायत विभिन्न नेपाली सांस्कृतिक कार्यव|mमहरु आयोजना गरिएका थिए ।

जापानमा रहेका स्थानीय रेस्टुरेन्ट, रेमिट्यान्स कम्पनीको सहभागिता रहेको महोत्सवमा नेपाली बैंकिंग क्षेत्रका केही कम्पनीले पनि सहभागिता जनाएका थिए । महोत्सवको दोसो दिन आइतवार द हिमालयन टाइगरको रेस्लीङ्ग सो, चौतारी ब्याण्डका पञ्चलामाको बासुरी वादनले नेपाली र जापानीलाई थप मनोरञ्जन दिएको थियो । समग्रमा जापानमा वसोवास गरिरहेका नेपालीहरुका साथसाथै जानिजहरुसंगपनि नेपालीलाई भावनात्मक रुपमा जोडन सफल भएको एनआरएन जापानका अध्यक्ष ओम गुरुगले जानकारी दिनुभयो । उहाँले दशै र तिहारको पूर्वसन्ध्यामा आयोजना गरिएको उक्त कार्यक्रम सम्पूर्ण रुपले सफल भएको वताउनु भयो । नेपाल फेष्टिबल २०११ को उद्घाटन आफ्नो ४ वर्षे कार्यभार पुरा गरी केही दिनपछि नेपाल र्फकन लाग्नु भएका जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङ, लिबरल डेमोक्रायाटिक पाटी अफ जापानका सांसद ताइरा मासाआकी, नेपालका लागि जापानी पूर्व राजदूत कोजीमा मासुआकीलगायत एनआरएन जापानका अध्यक्ष ओम गुरुङ  लगायत जापानमा क्रियाशिल नेपाली संद्य सस्थाका  प्रतिनिधिहरुले संयुक्तरुपमा  कार्यक्रमको ब्यानर अनावरण गरेर कार्यक्रम उदघाटन गरेका थिए । 

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै जापानका लागी नेपाली राजदुत गणेश योञ्जन तामाङले नेपालमै यस्तो फष्टिवलको तालिका र कार्यक्रम नै भएएपनि जापानवासी नेपालीहरुको नेपालप्रतिको माया र आफ्नो देश चिनाउने प्रयासस्वरुप आयोजना गरिएको कार्यक्रमको प्रसंसा गर्नु भएको थियो ।  त्यस्तै उद्घाटन सत्रलाई नेपालका लागि पूर्व जापानी राजदूत कोजीमा मासुआकी, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, एनआरएन आईसीसीका प्रवक्ता डा. कुमार बस्नेत लगाएतले सम्वोधन गर्नु भएको थियो । स्रोत: अनलाइन खबर 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute