कोरियन सरकारले अवैधानिक रूपमा कोरियामा बसेका विदेशी कामदारहरूलाई धरपकड सुरु गरेको छ ।सरकारको यो अभियानमा ४० जना महिलासहित करिब तीन सय नेपालीसमेत पक्राउ परेका छन् । विनादर्ता अवैधानिक बाटोमार्फत कोरिया पुगेका अन्य देशका कामदारहरूलाई व्यापक रूपमा खोजी र धरपकड गर्न लागेको हो ।उल्लेखनिय रूपमा विदेशीहरू विनास्वीकृति बसेको भन्दै त्यहाँको अध्यागमन सेवा विभागले कडा नीति अबलम्बन गरेको हो । सन् २०१० मा २१ प्रतिशतको हाराहारीमा रहेका अवैधानिक कामदारको संख्या बढेर अहिले २९ प्रतिशत पुगेपछि यस्तो नीति अपनाइएको हो ।अध्यागमन विभागले नियमित रूपमा...
खोजी कार्य गरिरहेको भए पनि अब भने देशव्यापी रूपमा अभियान चलाउन लागेको कोरिया हेराल्डले जनाएको छ । अध्यागमन विभागले सन् २०११ को अन्त्यसम्ममा अवैध कामदारको संख्या एक लाख ६७ हजारभन्दा बढी पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।

हाल २९ प्रतिशत अवैधानिक कामदारहरू रहेकोमा यो वर्षको अन्त्यसम्ममा २० प्रतिशत कम गर्ने लक्ष्य त्यहाँको सरकारले लिएको छ । अवैधानिक कामदारको वृद्धिले कोरियाको स्थानीय श्रम बजार र इपिएस प्रणालीमार्फत त्यहाँ पुगेका कामदारलाई गम्भीर असर पुग्ने भन्दै यो अभियान थालिएको अध्यागमन विभागले जनाएको छ । कोरियामा हाल करिब दुई हजारको संख्यामा नेपालीहरू अवैधानिक रूपमा बसिरहेका छन् । स्रोत: हेल्लोनेपाल कोरिया

Nepalese Rupee Converter