Monday, August 1, 2011

ब्राजिलले काठमाडौंमा आफ्नो दुतावास खोल्ने

श्रावण १६ - नेपालसँग कुटनीतिक सम्झौता भएको ३५ बर्षपछि ल्याटिन अमेरिकी मुलुक ब्राजिलले काठमाडौंमा आफ्नो दुतावास खोल्ने भएको छ । आवासीय राजदूतको जिम्मेवारी लिएर ब्राजिलियन कुटनीतिक अधिकारी एक महिनामा काठमाडौं आउने भएका छन् ।'डेढ बर्षअघि नेपालले ब्राजिलको ब्रासिलियामा दुतावास खोल्नासाथ यहाँको मन्त्रीपरिषदले पारस्परिक सहयोग-सम्बन्ध आधारमा काठमाडौंमा आफ्नो दुतावास खोल्ने निर्णय गरेको थियो,' ब्रासिलियास्थित राजदूत प्रद्युम्नबिक्रम शाहले ईकान्तिपुरसँग भने । अहिलेसम्म ब्राजिलको काठमाडौंमा कन्सुलेट कार्यालय मात्रै रहेको छ ।ब्राजिलमा रहेको नेपाली दुतावास उदघाटन गर्ने... 


तथा ब्राजिल सरकारसँग विभिन्न तीन सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्री उपेन्द्र यादव सोमबार ब्रासिलिया पुगेका छन् । समकक्षी मन्त्री एन्टिनियो पाट्रियोटियाको निम्तोमा ब्राजिल पुगेका मन्त्री यादवले दुई सरकारबीच प्राविधिक सहयोग आदानप्रदान तथा द्वैदेशीय परामर्श संयन्त्र स्थापना गर्नेबारेको सम्झौतामा हस्ताक्षर गर्दैछन् ।

यसबाहेक, दुबै देशका सरकारी तहका कर्मचारीले दुइ देशको भ्रमण गर्दा भिसा नलाग्ने प्रावधानसम्बत्रन्धी सम्झौतामा पनि मन्त्रीस्तरमा हस्ताक्षर हुने भएको छ । परामर्श संयन्त्रले भने द्वैदेशीय आर्थिक, व्यापारिक, लगानी, पर्यटन, खेलकुद, वातावरणसहितका क्षेत्रमा सहयोगका आधार पहिल्याउने भएको राजदूत शाहले बताए ।

कृषि उत्पादन तथा जलबिद्युतका क्षेत्रमा समेत अग्रणी मुलुक रहेको ब्राजिलले यही क्षेत्रमा लगानी तथा आपसी परामर्शका निम्ति तत्परता देखाएको शाहले बताए ।  यी सहयोग र परामर्शका लागि ब्राजिलियन कोअपरेसन एजेन्सी (एबीसी)ले कार्यान्वयन तहमा सघाउ पुर्‍याउने भएको छ ।

एक साता लामो भ्रमणमा परराष्ट्र मन्त्रीका साथमा सहसचिव धनन्जय झा पनि ब्राजिल पुगेका छन् । 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute