Wednesday, May 4, 2011

साजन तिमील्सिनालाई के सजाय होला त ?

तीन अमेरिकी किशोरी मारिने गरी कार दुर्घटना गराएर २५ वर्षीय नेपाली साजन तिमल्सिना बेपत्ता भएपछि त्यहाँको मिडियाले स्थानीय प्रहरीमाथि ‍औँला ठड्याइरहेका छन्। तर प्रहरीले भने स्पष्ट प्रमाणको अभावमा त्यतिबेला तिमिल्सिनालाई हिरासतमा नराखेको भन्दै आफ्नो निर्णयको बचाउ गरिरहेको छ।‘तिमल्सिना भाग्लान् भन्ने हामीले सोचेका थिएनौँ,'ह्यारिस काउन्टी जिल्ला वकीलको कार्यालयका प्रवक्ता डोन्ना हकिन्सले‘हुस्टन क्रोनिकल'लाई बताइन्। रक्तपरीक्षणको रिपोर्टमा कानुनी रुपमा मान्यभन्दा बढी मदिराको मात्रा देखिए पछि सोमबार प्रहरीले उनीविरुद्ध तीन वटा अभियोग लगाइसकेको छ। यी अभियोगहरु प्रमाणित...

 भएउनले ६० वर्षसम्मको कैद सजाय भोग्नु पर्ने हुनसक्छ। हुस्टनको स्थानीय टेलिभिजन कियाह टिभीका अनुसार अधिकारीहरुले कतारमा सुपुर्दगी प्रक्रियाका लागि अनुरोध गरेका छन्। तिमिल्सिनाले नेपाल फर्कन कतारको बाटो प्रयोग गरेको उनीहरुको अनुमान छ। नेपालसँग भने अमेरिकाको सुपुर्दगी सन्धि भएको छैन। त्यहाँको प्रहरीले युएस मार्सललाई पनि सहयोगका लागि आग्रह गरिसकेको छ। 

युएस मार्सल अमेरिकाको कानुन कार्यान्वयन निकाय हो। यसले गिरफ्तार गर्ने वारेन्ट जारी गर्ने र फरार अपराधी खोज्ने काम समेत गर्छ। तिमल्सिना फेरि अमेरिका प्रवेश गर्न खोजे उनलाई त्यति नै बेला हिरासतमा लिइने छ। तिमल्सिना नेपाल आएको भए उनी कारबाहीबाट बच्न सक्लान् त? नेपाल प्रहरी स्रोतले दिएको जानकारी अनुसार यदि अमेरिकी प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गर्‍यो भने उनी कारबाहीको भागी हुनसक्छन्। ‘त्यस्तो अवस्थामा नेपाल प्रहरीले अभियुक्तलाई गिरफ्तार गरी नेपालमा रहेको इन्टरपोललाई बुझाउँछ र यहाँको इन्टरपोलले अमेरिकाको इन्टरपोललाई अभियुक्त हस्तान्तरण गर्छ', प्रहरी स्रोतले बतायो।(फोटो साभारःइलाभेन न्युज हुस्टन) स्रोत: नागरिक 
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute