Wednesday, May 4, 2011

साइकल यात्री ढाकेश्वर बुढाथोकीको यात्रा जर्मनीमा

साइकलमा नेपालको राष्ट्रिय ध्वजा फहराउँदै  सन् २०१३ सम्ममा विश्व भ्रमण गरिसक्ने लक्ष्य राखेका दमक नगरपालिकाका ५४ वर्षीय साइकल यात्री ढाकेश्वर बुढाथोकी यति बेला जर्मनीमा छन्। बुढाथोकी नेपालका २२ वटा जिल्ला र विदेशमा जापान, अष्ट्रेलिया, थाइल्याण्ड, इजरायललगायतका ३१ देशको यात्रा छिचोल्दै जर्मनी आइपुगेका हुन्। जर्मनी उनको भ्रमण क्रममा ३२औं देश भएको छ। तीन महिने प्रवेषाज्ञामा उनी डेनमार्क, नर्वे, स्वीडेन र नेदरल्याण्डको यात्रा गर्दैछन्। विश्व शान्ति र बन्धुत्वका लागि सन्देश दिन पाँच वर्ष छ महिना पहिलेबाट यात्रा थालेका बुढाथोकीले कहिले झरी, कहिले घाम, कहिले उकाली, कहिले.ओराली, कहिले... 

सुनसान अनि...मानवबस्तीविहीनलामा राजमार्गहरु यात्रा गर्दाका तीता अनुभवहरु संगालेको बताउँछन्। “सयौं नेपाली दिदीबहिनी र दाजुभाइको सहयोगले म सबै समस्या बिर्सेर चुनौतिको सामना गर्दैछु। मलाई विश्वास छ यात्राको कीतिमानसहित नेपाली राजनीतिज्ञहरूलाई विश्वशान्ति र बन्धुत्वको सन्देश दिन पाउनेछु भनेर।” आफ्ना लक्ष्यमा अडिग देखिन्छन् बुढाथोकी । 

यात्राका क्रममा  नेपाली संघ–संस्थाहरुबाट र व्यक्तिगत रूपमा निरन्तर  सहयोग पाएका कारण खुशी देखिन्छन् उनी। गोरखा बृटिश क्याम्पले एक हजार डलर र खड्गबहादुर कार्की(मोरङ हाल इजरायल) ले तीन सय डलर सहयोग गरेको खुशीका क्षणसँग रमाउँछन् उनी। 

“सबै ठाउँमा नेपाली भेटिन्छन्, शुभकामना दिन्छन्, सहयोग गर्छन् अनि त हौसला थपिन्छ। पाइडल चलाउँदा चलाउँदा दुखेका खुट्टा, तिघ्रा र थकित जीऊले कुनै नेपालीसँगको भेटमा सवै थकाइ र दुखाइ बिर्सन्छु”, भावनात्मक कुरा गर्न रमाउँछन् बुढाथोकी। हामी पनि उहाको प्रगती प्रती कामना गरौ। स्रोत: दुबइ नेपाल
Namastesansaraboardnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute